सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता

सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता

पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

आइतबार साढे ११ बजे सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित नदीमा पौडी खेल्नेक्रममा दुई युवा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्री छन्।

उनीहरू बेपत्ता भएको खबरपछि प्रहरीले खोजीतलासी गर्न थालेको छ।

खोजी गर्न प्रहरी चौकी खाङसाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

सम्बन्धित खवर