कृषिमा चीनको फरक उपस्थिति

कृषिमा चीनको फरक उपस्थिति

हामीले सोचे भन्दा पनि नयाँ र अनौठा काम गर्दै आएको चीनले कृषिमा पनि आफ्नो फरक उपस्थिती देखाउन थालेको छ । विश्वलाई नै चकित पार्दै आइरहेको चीनले पछिल्लो समय कृषि क्षेत्रमा नयाँ क्रान्तिको थालनी गरेको छ । जसले घरको छतबाट नै सबै खाले कृषि उत्पादनको सुरुवात गरेको छ ।

सन् २०१८ को एक रिपोर्ट अनुसार चीनका ८० लाख युवाहरु कृषि खेती गर्नै भनेर गाउँ फर्किएका थिए । यो दर वार्षिक रुपमा बढेको समेत बताइएको थियो । त्यसमा पनि, कृषि गर्ने नयाँ पद्धति सबैलाई आश्चर्य चकित पारेको छ ।
करिब ५० वर्ष अगाडि चीनको दयनिय अवस्था रहेको थियो । भोकमरी लगायत अन्य समस्याले ग्रस्त रहेको चीनले ३० वर्षको अवधिमा विश्वकै शक्तिशाली देशको परिचय बनाउन सक्यो । आज उसले भौतिक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा कायपलट नै गर्न सफल भएको छ ।

सहरमा बसेर कृषि गर्न सकिन्न भन्नेहरुलाई चीनको यो कामले एउटा पाठ अवश्य सिकाउँछ । सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् ।

यी घरको छतमा खेती गर्न सकिन्छ । केही वर्षअघि भूकम्पका कारण यस क्षेत्रका मानिसलाई समस्या परेको थियो । तर, छतमा नै खेती गर्न थालेपछि यहाँका नागरिकहरुले मनग्य आम्दानी गर्न थालेका छन् । छतलाई नै उर्वर क्षेत्र बनाएका सिचुवानका कृषकहरु यतिखेर विश्वभर चर्चामा रहेका छन् ।

सम्बन्धित खवर