२७ औँ मदन–आश्रित स्मृति दिवस : रतुवामाईमा दिप प्रज्वलन

२७ औँ मदन–आश्रित स्मृति दिवस : रतुवामाईमा दिप प्रज्वलन

 

इटहरा : नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो पनि सो दिवस मनाउँदै आएको छ । एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको पनि आज दुई वर्ष पुरा भएको छ ।

नेपाल बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण रहेको छ । आज नेपाल कम्युनिष्ट पार्टी र उसका भातृसंगठनहरुले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

दिवसका अवसरमा शनिबार तत्कालीन एमालेका महासिचव मदन भण्डारीको रतुवामाई १० सातमेडीमा रहेको घरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । स्वर्गीय भण्डारी र आश्रितको तस्बिरमा माल्यार्पण गरी २७ औँ स्मृति दिवस पार गरेकोमा २७ वटा मैनवत्ति बालेका छन् ।


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवसका अवसरमा नेकपा रतुवामाईले रतुवामाई १० सातमेडीमा रहेको मदनग्राममा दिप प्रज्वलन गरेको छ ।

लकडाउनमा पनि सम्झियो मदन–आश्रितलाई

लकडाउनको समय भए पनि मदन–आश्रितलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रतुवामाईले सम्झिएको छ । ठूलो सङ्ख्या र भीडभाड गर्न नमिल्ने भएपछि शनिबार बेलुका मदनग्राममा सीमित उपस्थितमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।
सो अवसरमा नेकपा मोरङ जिल्ला सदस्य तथा मदन–आश्रित फाउन्डेसन रतुवामाईका अध्यक्ष मेघराज शर्मा कट्टेलले उहाँहरुको स्मरण गर्दै मदन–आश्रितले देखाएको बाटोमा पार्टी अघि बढिरहेको बताउनुभयो । सोही अवसरमा फाउन्डेसनका अध्यक्ष कट्टेलले स्व. भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । विगतका वर्षमा पार्टीले उक्त ठाउँमा स्मृतिसभा गर्दै आइरहेको थियो ।

सम्बन्धित खवर