जूम्लामा अलपत्र परेका ओखलढुङ्गाका युवालाई गाउँ ल्याइयो

जूम्लामा अलपत्र परेका ओखलढुङ्गाका युवालाई गाउँ ल्याइयो

 

ओखलढुङ्गा : जुम्लामा अलपत्र ओखलढुङ्गाका छ जना युवाको उद्धार गरिएको छ । लकडाउनका कारण जुम्लामा अलपत्र परेका जिल्लाको खिजिदेम्बा गाउँपालिका– ४ खिजीकातीका युवाको उद्धार गरिएको हो ।

काठ चिरानको कामका लागि फागुन २७ गते जुम्ला पुगेका उनीहरु ‘लकडाउन’का कारण गाउँ फर्कन नसकेर समस्यामा परेका थिए । सरोकारवालाको साथ लिएर अलपत्र युवाको उद्धार गरी गाउँ ल्याइएको खिजीदेम्बा– ४ का वडाध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा अनिवार्य राख्ने सर्तमा गाउँ ल्याइएका उनीहरुलाई स्थानीय सरकारले तयार गरेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई कोरोना परीक्षणपछि मात्रै १४ दिनपछि घर पठाइने वडाध्यक्ष न्यौपानेको भनाइ छ ।

कोरोनाको डरले काम गर्ने अवस्था पनि नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अवस्थामा आफूहरुको उद्धार भएको भन्दै गाउँ आइपुगेका युवा सुकवीर तामाङले खुशी व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर