मानव सहयोगी हातहरुद्वारा राहत वितरण

मानव सहयोगी हातहरुद्वारा राहत वितरण

इटहरा, जेठ ३ : मोरङको विरटानगरमा रहेको मानव सहयोगी हातहरु नामक संस्थाले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने र न्यून आय भएका एक सय २५ घरपरिवारहरुलाई राहत वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट प्राभवित दैनिक ज्याला मजदूूरी गरी जीविकोपार्जन गर्दै आएका मजदूर गरीव ,विपन्न परिवारहरु र आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेको हो ।

उत्त क्षेत्रमा रहेका मजदूर वर्ग र प्राथमिकताको आधारमा पहिचान गरी राहत वितरण गरिएको समितिका संयोजक सुमन कालिकोटेले जानकारी दिनुभयो । खाद्य अभाव झेलिरहेका विपन्न परिवारहरु भेटिएमा अझैपनि सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

राहत वितरण कार्यमा सक्रिय रहेका मोरङ क्षेत्र नम्बर ६ का सांसद अमनलाल मोदीको विषेश पहलमा यस संस्थाले राहत वितरण गर्दै आईरहेको छ । शनिबार पनि संस्थाले साँसद मोदी कै पहलमा अमेरिका बसोबास गर्दै आइरहेका शान्ति मोदी र हेम चौधरीको सहयोगमा विराटनगर र बुढीगँगा गाँउपालिकाका केही वडाहरुमा राहत वितरण गरेको पनि संयोजक कालिकोटेले जानकारी दिनुभयो ।

सुरुवाती चरणदेखिनै राहत वितरणमा सक्रिय रहेको संस्थाले शनिबार बुढीगँगा गाउँपालिका केही ठाँउ र विराटनगर महानगरपालिकाका १, २ र ३ नम्बर वडामा खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका सचिव ताजिम अन्सारीले जानकारी दिनुभयो । राहत सामाग्रीको प्याकेजमा चामल तथा भुजा, दाल र नुन रहेको पनि सचिव अन्सारीले बताउनुभयो ।

सम्बन्धित खवर