कृषि उत्पादनमा बृद्धि गर्न किसानलाई बीउ वितरण

कृषि उत्पादनमा बृद्धि गर्न किसानलाई बीउ वितरण

पोखरा : धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्रअन्तर्गतका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ठूलीबेँसी धान पकेट सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान (वर) नामक उन्नत जातको धानको बीउ वितरण गरिएको हो ।

अरुको तुलनामा छिटो पाक्ने र राम्रो उत्पादन दिने सो धानको पराल भने छोटो कदको हुने ब्लकअन्तर्गतका ४७६ किसानलाई पाँच हजार ६०० केजी बीउ वितरण गरिएको हो । रुपा गाउँपालिका वडा नं १, ७ का २४५ किसानलाई दुई हजार ८०० केजी तथा ३ र ४ का २३१ जना किसानलाई २३१ केजी धानको बीउ वितरण गरिएको ठूलीबेँसी धान ब्लक सञ्चालक समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । ब्लकअन्तर्गत दुई हजार रोपनी क्षेत्रफल रहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पैmलिन नदिन लागू गरिएको बन्दाबन्दीका बाबजुद पनि सामाजिक दूरी कायम गरी किसानलाई धानको बीउ वितरण गरिएको बताउँदै उहाँले पहिलोपटक वितरण गरिएको नयाँ धानको बीउबाट उत्पादनमा वृद्धि भई किसानको आयआर्जनमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“प्रतिकेजी रु ६० मूल्य कायम गरिएको रामधान (वार) जातको उन्नत बीउ किसानलाई वितरण गरिएको हो ।” उहाँले भन्नुभयो, “त्यसमा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान र स्वयं किसानले ५० प्रतिशत व्यहोर्ने व्यवस्था छ ।” उहाँका अनुसार धानको बीउ वितरणसँगै आवश्यक मल र खनजोतका लागि हाते ट्र्याक्टरसमेत कृषि ज्ञान केन्द्र र किसानको ५०।५० प्रतिशतका आधारमा रु एक करोड ४० लाख मूल्यबराबरको कृषि सामग्री वितरण गरिनेछ ।

पालिकाभित्रका उर्वर भूमिका रुपमा परिचित ठूलीबेँसी, दर्गाम, पोल्याङ्टार, खाल्टे, टाकान्जाटारलगायत विभिन्न फाँटका किसानलाई धानको बीउसँगै मल र आधुनिक प्रविधि वितरण गर्न लागिएको हो । राज्यले प्रदान गरेको अनुदान वास्तविक किसानले पाउन भन्ने उद्देश्यका साथ सम्पूर्ण किसानको जग्गाधनी प्रमाणपत्रलाई आधार मानिएको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “फाँटहरुमा सिँचाइको व्यवस्था गर्नु अपरिहार्य छ ।”

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार गण्डकी प्रदेशअन्तर्गतको कृषि कार्यक्रममा कूल रु दुई करोड रकम विनियोजन भई कार्यान्वयन भइरहेको छ । प्रदेश सरकारले रुपा गाउँपालिकालाई धान, केरा, मौरी र कफी पकेट क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ कार्य अघि बढेको जानकारी दिनुभयो ।

“बन्दाबन्दीका कारण कृषिलगायत विकास निर्माणमा प्रत्येक्ष प्रभाव परेको छ”, उहाँले भन्नुभयो, “उत्पादन र भौतिक निर्माणमा जोड दिँदै उत्पादकत्व वृद्धिका साथै रोजगारको सिर्जना गर्नेतर्पm पालिकाले प्राथमिकतामा राखेको छ ।” धानको बीउ वितरण कार्यक्रममा चारवटै वडाका क्रमशः दिलीपकुमार आले, रामजी अधिकारी, मुकुन्द केसी र दयाराम सुवेदीको सहभागिता रहेको पकटे क्षेत्र सञ्चालक समितिका उपाध्यक्ष सम्मर कार्कीले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीमा प्रमुख शालिग्राम अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार सुपर जोन र जोन सङ्घ र ब्लक र पकेट क्षेत्र प्रदेश मातहतमा व्यवस्था रहेको बताउनुभयो । कृषिलाई आधुनिक र यान्त्रिकीकरण लक्ष्यका साथ सञ्चालन गरिएको धानको ब्लकका रुपमा र पोखरा २३ ठूलाखेत फाँटमा चक्लाबन्दी कार्यक्रमअन्तर्गत धान पकेट क्षेत्र छनोट गरी कार्यक्रम अघि बढाइएको बताउँदै उहाँले त्यसका लागि २०० रोपनी क्षेत्रफलको खेत आवश्यक पर्ने बताउनुभयो ।

सम्बन्धित खवर