कोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।
यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए।
बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको थियो।
हालसम्म ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।