किसानलाई प्रोत्साहन गर्न तरकारी खेती

किसानलाई प्रोत्साहन गर्न तरकारी खेती

 

झिमरुक गाउँपालिकाले किसानको प्रोत्साहनका लागि जग्गामा भाडामा लिएर तरकारी खेती शुुरु गरेको छ । पालिकाले वडा नं ४ भ्यागुतेमा २।५ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्न शुरु गरेको हो । पालिकाले गत माघ महिनादेखि तरकारी खेती शुरु गरेको कृषि शाखा प्रमुख टेकबहादुर विकले बताउनुभयो ।

पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफँै जग्गा भाडा लिई खेती गरेको उहाँले बताउनुभयो । बाहिरबाट आयात गरिएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन यो कार्य शुरु गरिएको उहाँको भनाइ छ ।

माण्डवी गाउँपालिकाले जस्पुरले पनि प्रदेश नं ५ सरकार र पालिकाको करीब रु १५ लाख बजेटमा वडा नं ३ स्याउलीघारीकमा बृहत् नर्सरी सञ्चालन गरेको छ । नर्सरीमा एक व्यक्ति पालिकाले पारिश्रमिक दिई राखेर बीउ उत्पादन गर्ने गरिएको पालिकाका कृषि शाखा प्रमुख अमर विष्टले बताउनुभयो । पालिका क्षेत्रका किसानको सहजताका लागि पालिकाले बीउसँगै काँक्रा र करेला नर्सरीमै फलाएको छ । यसले बीउ किन्न आउने किसानले सिक्न सक्ने उहाँको भनाइ छ । काँक्रा, लौका, करेला, गोलभेंडा, जुकेनीलगायत बिरुवा किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख विष्टले बताउनुभयो ।

सम्बन्धित खवर