उदयपुरका एक जना पत्रकारमा कोरोना भाइरस

उदयपुरका एक जना पत्रकारमा कोरोना भाइरस

 

काठमाडौं । उदयपुरमा एक जना पत्रकारमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना संक्रमित क्षेत्र जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केको रिपोटिङ गर्दै आएका पत्रकार संक्रमित भएको बताए ।

‘पत्रकारसहित हामीले ६० जनाको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएका थियौं,’ उनले भने, ‘६० जनामा एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शुक्रबार सार्वजानिक गरेको नौ जना संक्रमितमध्ये उदयपुरका २५ वर्षे एक पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीका अनुसार, २६ जना पत्रकार, केही स्वास्थ्यकर्मी र अन्य सर्वसाधरण गरी जम्मा ६० जनामा ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक पत्रकारको मात्र पोजेटिभ आएको छ ।

‘प्रदेश १ मा बैठक बसिरहेको छ,’ उनले भने, ‘उताबाट खवर आएपछि हामीले उपचारको लागि पठाउने छौ ।’

सम्बन्धित खवर