विवेक शर्मा, रौतहट
नेपाल पत्रकार महासंघ रौतहटलाई १ सय थान प्रेस लेखिएको ज्याकेट प्राप्त भएको छ । आरडिसी नेपालले अग्रपंत्तिमा रहेर समाचार संकलनको काम गरिरहेका पत्रकारहरुलाई सहजताका लागि ज्याकेट उपलब्ध गराएको हो ।
आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले यस्तो महामारीको बेला फिल्डमा खटिरहेका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु आफ्नो संस्थाको दायित्व रहेको उदृत गर्दै ज्याकेट प्रदान गर्नु भयो । बिपतको बेला रौतहटका सबै संचारकर्मीले एकरुपको ज्याकेट लगाउने उदेश्यले १ सय थान प्रेस ज्याकेट हस्तान्तरण गरेको अध्यक्ष हुसेनले बताउनुभयो ।
रौतहटको गौरमै रहेको आरडिसी कार्यालयले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई सो ज्याकेट हस्तान्तरण गरेको हो। रौतहटमा कुनै पनि बिपत आएको बेला आरडिसी नेपालले अहम भूमिका निर्वाह गर्दै आएको छ ।