सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने

सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने

 

काठमाडौं । सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०७७(७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यसअघि मन्त्रालयबाट तालिक केन्द्र स्थापनाको नाममा थोरै रकम विनियोजन गरेर अध्ययन, अनुसन्धान हुदै आएको थियो । तर सरकारले यसपटक नीति तथा कार्यक्रममै उल्लेख गरेर तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरि खेलाडीको क्षमता विकास गर्ने बताएको छ ।

नेपालमै आयोजना भएको १३ औं सागमा ऐतिहासिक ५१ स्वर्ण पदक सहित २ सय ७ पदक जितेको उल्लेख गर्दै सरकारले अन्तराष्ट्रिय प्रतियोगिता जित्न गरि खेलाडीको क्षमता विकास गर्ने बताएको हो ।

यस्तै, सरकारले स्थानीय र प्रादेशिक र राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेलकुद पुर्वाधारको निर्माण र स्तरउन्नतीको कार्यलाई निरन्तरता दिने बताएको छ ।

सरकारले अघिल्लो बर्षबाटै एक स्थानीय तह, एक खेलग्रामको अवधारणामा काम गर्दै आएको थियो । यस बर्ष समेत स्थानीय, प्रादेशीक र राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेलकुद पुर्वाधार निर्माण गने सरकारले बताएको हो । यस्तै, सरकारले नीजि क्षेत्रबाट पहल गरिएका खेलुकद पुर्वाधारलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।

सरकारले यसअघि संसद बैठकमा आफ्ना सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै खेलाडीको सम्मान र पुर्वाधार निर्माणमा विशेष ध्यानमा राखेको बताएको थियो । सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर सरकारले जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्नेछ ।

सम्बन्धित खवर