खोटाङमा कैदीबन्दीसँग आफन्तलाई भेटघाट गर्न रोक

खोटाङमा कैदीबन्दीसँग आफन्तलाई भेटघाट गर्न रोक

खोटाङ । जिल्ला कारागार खोटाङमा कैदीबन्दीसँग आफन्तलाई भेटघाट गर्न रोक लगाइएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी भेटघाटमा रोक लगाइएको हो ।

सरकारले चैत ११ देखि लकडाउन गरेसँगै कैदीबन्दी र आफन्तबीच भेटघाट रोक लगाइएको हो । बाहिरको मानिस र कैदीबन्दीबीच भेटघाट हुँदा कोरोना संक्रमण हुने सम्भावना रहेकाले भेटघाटमा रोक लगाइएको जिल्ला कारागार खोटाङका प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

जिल्ला कारागार कैदीबन्दीहरुले दूरी कायम गरेर बसिरहेको र नयाँ बन्दीहरुलाई कोराना परीक्षण गरेर मात्र कारागार ल्याइने आचार्यको भनाइ छ।

१२० को जनाको क्षमता रहको जिल्ला कारागार खोटाङमा १२५ पुरुष र तीनजना महिला सहित तीन गरी जम्मा १२८ कैदीबन्दी रहेका छन् । कारागारमा ८० पुरुष ४० जना महिला राख्न सकिने भए पनि पुरुष ब्लकमा भने क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ ।

सम्बन्धित खवर