राहत कोषमा इपानको एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ

राहत कोषमा इपानको एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ

 

काठमाडौं । निजी जलविद्युत् आयोजना प्रवर्द्धकहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको राहत कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन्। चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेला समेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए ।

इपानले आफू सम्वद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रुपमा रकम संकलन गरी रकम जम्मा गरेको जनाएको छ ।

सम्बन्धित खवर