जुम्लाका ३५ जना विपन्नलाई राहत वितरण

जुम्लाका ३५ जना विपन्नलाई राहत वितरण

 

सिञ्जा । लकडाउनको समयमा जुम्लाका अतिविपन्न ३५ जना अपाङ्गता भएकालाई राहत वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा आइएनएफ तथा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत दृष्टिविहीन, ह्विलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्तलाई चामल, दाल, तेल, दुई नुन र आठ डिटोल साबुन वितरण गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पातारासीमा–१३, चन्दननाथमा १४, तातोपानीमा तीन, सिञ्जामा एक र तिलाका एकजनालाई राहत दिइएको छ । परियोजना सुपरभाइजर गङ्गा देवानका अनुसार खाना अभाव भएका ती व्यक्तिको तथ्याङ्क सङ्कलन गरी स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो ।

अति आवश्यक व्यक्तिलाई राहत दिएपछि सानो भए पनि राहत गुणस्तरीय र राम्रो भएको पातारासी गाउँपालिका– ४ का अध्यक्ष कालीबहादुर बुढाले जानकारी दिए । केन्द्रका अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्याङ्क सङ्कलन गरेर राहत र जीविकोपार्जनमा सहयोग पु्‍र्‍याउनुपर्नेमा जोड दिए ।

राहत पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् । चन्दननाथ नगरपालिका–९ का पशुपति शाहीले खुशी व्यक्त गरे ।

सम्बन्धित खवर