कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको निधन

कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको निधन

लमही । नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको ६६ वर्षका उमेरमा बिहान ७ बजे काठमाडौंमा निधन भएको छोरा दीपले जानकारी दिए । बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आएका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नुभएका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि लामो समय कारागार बसेका थिए । त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत थिए ।

उनले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत विभिन्न निकायमा रहेर काम गरेका थिए । उनको दाहसंस्कार दाङको शीतलपुरघाटमा गरिने परिवारले जनाएको छ । बस्नेतको निधनप्रति कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

सम्बन्धित खवर