सांसद सुरेश राईले गराए प्रदेश १ मा हजार थान पिपिई उपलब्ध

सांसद सुरेश राईले गराए प्रदेश १ मा हजार थान पिपिई उपलब्ध

 

उदयपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा नेकपा प्रदेश नम्बर १ का प्रदेश सचिब सुरेस कुमार राई ‘हिमाल’को पहलमा एक हजार थान अत्याधुनिक पिपिई प्रदेश १ लाई उपलब्ध गराएका छन् ।

प्रदेश नम्बर १ को कोशी कोरोना विषेश अस्पताल बिराटनगर, बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान र उच्च संक्रमीत भएको जिल्ला उदयपुरलाई उपलब्ध गराउने सांसद राई जानकारी दिए ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ज्यु र उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोती दुगडले सांसद राई उक्त हजार थान पिपिई हस्तान्त्रण गरेका छन ।

उदयपुरमा ३२ जनालाई कोरोना भाइरस संक्रमण भए पछि अहिले जिल्लामा पिपिईका समेत अभाव भएको छ ।

राईले भने, ‘यो संकटको घडीमा अग्रस्थानमा खटनु हुने स्वस्थकर्मी, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीहरुलाई यो सामग्रीले थप सुरक्षित बनाउने छ ।’ साथै अन्य आवश्यक सामग्रीहरुको पनि पहल गरिने सांसद राईले बताए ।

सम्बन्धित खवर