नेकपा निकट युवा संघ र अनेरास्ववियूले गरे अनाथलयमा सहयोग

नेकपा निकट युवा संघ र अनेरास्ववियूले गरे अनाथलयमा सहयोग

सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सिन्धुलीले विद्यार्थी विद्यार्थी एकता दिवस र नेपाल राष्ट्रिय युवा संघ सिन्धुलीले आफ्नो स्थापना दिवस एक कार्यक्रम गरी मनाएका छन् ।

दुवै संगठनले कमलामाई नगरपालिका –४ ढुग्रेवासमा रहेको शैलशिखर अनाथलयका बालबालिकाहरुलाई खाद्यान्न, स्टेशनरीका सामान र लत्तकपडा सहयोग गरेर दिवस मनाएका हुन् ।

अनाथलयमा रहेका बालबालिकाहरुको लागि चामल, नुन,तेल, लुगाा, पठनपाठनका लागि कापी, पेन्सिल, कटर ,ईरेजर लगाएतका शैक्षिक सामाग्रीहरु सहयोग गरिएको नेपाल राष्ट्रिय युवा संघ सिन्धुलीका युवा नेता बिश्वज्योति थापाले जानकारी दिनुभयो ।

अनाथलयमा रहेका बालबालिकाहरुलाई खान सहजताका लागि खाद्यान्न र लकडाउनका समयमा पनि घरमै बसेर नियमित पठनपाठन गर्न सहयोग पुगोस् भनेर शैक्षिक सामाग्री सहयोग गरेको पनि थापाले बताउनु भयोे ।

उक्त सामाग्रीहरु अनाथलयमा अनौपचारिक कार्यक्रमको आयोजना गरी कोरोना भाईरसबाट बच्न सामाजिक दुरी कायम गर्दै अनाथलयका अध्यक्ष विष्णु प्रसाद देवकोटालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा सिन्धुलीका सचिव तथा बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवाल नेकपा नेता महेन्द्रदेव श्रेष्ठ, ज्वाला प्रसाद न्यौपाने (पुकार), र विद्यार्थीका पूर्व अध्यक्ष र अनेरास्ववियूका केन्द्रिय सदस्य टिकाजंग थाापा, उत्तम पहाडी, लाल बहादुर बुढाथोकी, जिल्ला संयोजक गोकर्ण भुजेल, तथा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक भुलबहादुर मगर (अबिरल), सह–संयोजक देवराज वाइवा,नेता संखर लुंगेली,बिश्वज्योती थापा, लगाएत दुवै संगठनका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा भएको खुशियालीमा जेठ १ लाई एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

सम्बन्धित खवर