नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान अध्यावधिक गरेको तथ्यांकले थप ९ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, भेरी अस्पताल र नेपामगञ्जमा गरिएको परीक्षणले उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
पुष्टि भएका ९ संक्रमितमा मकवानपुर निवासी ३७ वर्षिय पुरुष बाँकेको नैनापुर १, ३ र ५ निबासी १८, २० ,२२, २५, २५, २७, ३२ र ३६ वर्षिया पुरुष रहेका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हाल दुबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।




