नेपाल सरकारको लम्पसारवाद र भारतीय बिस्तारवादको विरुद्धमा ने.बि.संघ कास्की

नेपाल सरकारको लम्पसारवाद र भारतीय बिस्तारवादको विरुद्धमा ने.बि.संघ कास्की

कास्की : नेपाली भुमिमा भारतले सडक बनाएको र भारतीय बिस्तारवादको विरोधमा ने.वि.संघ कास्कीले जिल्ला प्रशासनमा मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष बिकास थापाको नेतृत्वमा, सचिव संघर्श कोइराला निवर्तमान केन्द्रीय सदस्य हेमन्त पाण्डे, कास्की ने.वि.संघका नेता बिपिन पौडेल, निरोज लामिछाने, बिष्णु पहारी, डिफान भुजेल, बिजय घिमिरे, टेनिस श्रेष्ठ, सुसान त्रिपाठी, लगाएतका विद्यार्थी नेताहरुको उपस्थितिमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल लाई ज्ञापनपत्र बुझाएका थिए ।

नेबिसंघ केन्द्रिय समितिले सबै जिल्लाहरुलाई दिएको निर्देशन अनुसार मंगलबार देशै भरिका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघ कास्कीका नेता बिपिन पौडेलले बताएका छन ।

भारतिय बिस्तारवाद र नेपाल सरकारको लम्पसारवाद को विरुद्धमा नेपाल बिद्यार्थी संघ कास्कीले ज्ञापन पत्र बुझाएको नेविसंघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले जनाए।

सम्बन्धित खवर