रतुवामाईमा बाहिरी तरकारीको आयातमा रोक

रतुवामाईमा बाहिरी तरकारीको आयातमा रोक

इटहरा : मोरङको रतुवामाई नगरपालिकाले बाहिरबाट तरकारी प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाईरसको जोखिम बढेको निष्कर्ष निकाल्दै नगरक्षेत्र भन्दा बाहिरी क्षेत्रबाट आउने तरकारी नगरपालिकाले प्रवेशमा रोक लगाउने निर्णय गरेका हो ।

भारतको तरकारी समेत देशभित्रैको भनेर आउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गर्ने सहमति गरेको नगरपालिकाका प्रमुख रविन राईले जानकारी दिनुभयो ।

आफ्नो क्षेत्रमा सजगता अपनाउने हिसाबले तहहरुले बाहिरबाट तरकारी आउन नदिने निर्णय गरेका प्रमुख राईले बताउनुभयो ।
नगरक्षेत्रका किसानको उत्पादनले बजार नपाएकाले तरकारी खेर गइरहेको गुनासो समेत गरिरहेका बेला यसले किसानलाई भने हौस्याएको छ ।

नगरपालिकाका किसानहरुको तरकारी बजारमा खपत नहुँदा खेर जाने अवस्था आएको रतुवामाई ९ का कृषक रमेश पौडेलले गुनासो गर्नुभयो । रतुवामाई बैदेशिक रोजगार समन्वय समिति मार्फत तरकारी उत्पादक किसान पौडेलले तत्काल तरकारीको बजार व्यवस्था नगर्ने हो भने किसानहरु ठूलो मारमा पर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले नगर र जिल्ला बाहिरका तरकारी नआउने भएपछि आफ्ना उत्पादन खपत हुने विश्वास गर्नुभयो । ‘नगरपालिकाको माग नगरकै उत्पादनले धान्न सक्छन्,’ उहाँले भन्नुभयो, “जोखिम निराकरण र किसानको राहतका लागि यो निर्णय सहि छ” ।

नगरपालिकाले गरेको उक्त निर्णय जेठ ३ गतेबाट लागु हुनेछ ।

सम्बन्धित खवर