शुक्रवार झापाबाट राजधानी आउन लागेका पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द

शुक्रवार झापाबाट राजधानी आउन लागेका पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रवार राजधानी आउनका लागि लिएको सवारी पास गृहमन्त्रालयको आदेशले रद्द भएको छ । पूर्व राजा शाह पत्नी कोमलसहित अहिले झापामा छन् । उनी लकडाउन भन्दा अगाडि नै झापामा पुगेका थिए ।

शाहलाई काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार सवारी पास जारी गरेको थियो । तर गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवै सवारी पास खारेज गर्ने निर्णय गरेपछि पूर्व राजा शाहको पास जिल्ला प्रशासन कार्यालयले केही घण्टामै खारेज गरेको छ ।

झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे । पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो ।

सम्बन्धित खवर