पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति अन्तर्गतको राहत कोषमा आज २ वटा संस्थाले रकम हस्तान्तरण गरेका छन् ।
शान्ति सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख ५ हजार र नगरको सहकारी कर्मचारी संगठनबाट ७० हजार रुपैयाँको चेक हस्तान्तरण भएको राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीले जनाउनु भयो ।
शान्ति सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कुलबहादुर गुरुङ र सहकारी कर्मचारी संगठन अध्यक्ष गणेशकुमार राई सहितले नगरपालिका कार्यालयमा नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईलाई रकम हस्तान्तरण गरेको हो ।