उदयपुर । जिल्लाको कटारी नगरपालिका -३ राजावासमा विहिबार साझँ चट्याङले लागेर एक बृद्धाको मृत्य भएको छ । घर नजिकैको ककूर खोलामा गाईवस्तु चराउँदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको बर्षातसगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।
गाईवस्तु घर आएपनि गोठालो गएका लिलबहादुर घर नआएपछि खोज्न जादाँ मृत अवस्थामा भेटिएको इलाक प्रहरी कार्यालय कटारीका प्रहरी उपरीक्षक प्रेमसागर केसीले जानकारी दिए । सुनुवारलाई छातीमा चट्याङले लागेको छ ।