लोक गायक घनश्याम रिजाललाई मातृ शोक

लोक गायक घनश्याम रिजाललाई मातृ शोक

कास्की : लोक गायक घनश्याम रिजाललाई मातृ शोक परेको छ । घनश्यामको माता कुमारी रिजालको दिउँसो १ : ४० बजे ७२ वर्षको उमेरमा बिहिबार निधन भएको हो ।

स्याङ्जाको वालिङ् नगरपालिका वडा नं ४ एलदी निवासी रिजालको उपचारको क्रममा बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारिक स्रोतले जानकारी दिए ।

७२ वर्षमा निधन भएकी स्वर्गीय रिजालको ३ छोरा र १ छोरी रहेका छन् । रिजालको माताको निधनप्रति विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

रिजालको पिता खेमनारायण रिजालको एक महिना अगाडि ७८ वर्षको उमेरमा निधन भएको थियो।

सम्बन्धित खवर