उदयपुर । प्रेस संगठन उदयपुरले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कोरोना प्रभावित क्षेत्रमा गएर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री विहीबार वितरण गरेको हो । प्रेस संगठन उदयपुरका संयोजक गणेश उप्रेतीका अनुसार एक जना पत्रकारलाई एक थान प्रेस लेखेको टिसर्ट, १५ थान माक्स, दुई थान सेनिटाईजर, एक थान चस्मा, १० जोर ग्लोब्स, एक थान क्यापटोपी र एक थान परिचयपत्र झुन्ड्याउने फित्ता वितरण गरिएको छ ।
जिल्लाका ५७ जना पत्रकारहरुलाई दिइएको भन्दै उनले कोरोना संक्रमित क्षेत्रमा समाचार संकलन गर्ने क्रियाशिल पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्न माग पनि गरिएको बताए ।
स्वास्थ्य सामग्री पाएपछि पत्रकारहरुले राहत महशुस गरेको प्रेस संगठन प्रदेश १ सदस्य तुलसीप्रसाद कोइरालाले बताए । ‘कोरोना प्रभावित जिल्ला उदयपुर परेपछि पत्रकारहरुको लागि धेरै स्वास्थ्य सामग्री उपलब्ध भएको थियो,’ उनले भने, ‘प्रयाप्त र अपुग भएको गुनासो बढेको वेला जिल्लाको सहयोगले राहत मिलेको छ ।