स्वास्थ्य मन्त्रालयले दिएको संक्रमितको विवरण गल्ती, संक्रमितको सङ्ख्या २४५ मात्रै

स्वास्थ्य मन्त्रालयले दिएको संक्रमितको विवरण गल्ती, संक्रमितको सङ्ख्या २४५ मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको विवरण दिँदा गम्भीर गल्ती गरेको छ ।

पुरानो विज्ञप्तिमा आएका संक्रमितको संख्या थपेर। नयाँ तथ्यांक देखाएको मन्त्रालयले त्यसलाई सच्याएको छ ।

प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको वैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरी मन्त्रालयले जम्मा संक्रमितको संख्या २५० पु¥याएको थियो । मन्त्रालयले बुधबार राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा उल्लेख भएका महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुषको विवरण बिहीबार विहान ७ः४५ बजेको विज्ञप्तिमा दोहोरिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बिहीबार १०ः१५ बजे अर्को विज्ञप्ति जारी गर्दै प्राबिधिक कारणले संक्रमितको संख्या थपिएको भन्दै जम्मा संक्रमित २४५ मात्र भएको स्पष्ट गरेको छ ।

सम्बन्धित खवर