दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ : दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकअप भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको निधन भएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत नारायणपुर जलौरा चोकमा पिकअप भ्यानले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पर्सेनीबाट घोराहीतर्फ आउदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकललाई ना ३ च ५९४५ नम्बरको पीकअप भ्यानले विहीवार विहान साढे ४ बजे ठक्कर दिँदा मोटरसाईकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार सोही ठाँउका विशालका भाञ्जा १३ वर्षीय हक्की पुन गम्भीर घाईते भएका छन् ।

घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर