फोटो खिच्दै गरेका पत्रकारलाई सेनाले बर्सायो लाठी

फोटो खिच्दै गरेका पत्रकारलाई सेनाले बर्सायो लाठी

लहान, सिरहामा फोटो खिच्ने एक पत्रकारलाई नेपाली सेनाको टोलीले दुर्ववहार सहित कुटपिट गरेका छन्। फोटो खिचैकै निहुमा सेनाले लाठी बर्साएको पिढितले बताएका छन् ।

सिरहामा पत्रकार बद्री नारायण यादवले लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलीको फोटो खिच्न लाग्दा उनलाई सेनाले कुटपिट गरेको हो । आफू पत्रकार भएको र लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा सेनाले दुव्र्यबहार र कुटपिट गरेको पत्रकार यादवले बताए । यादव नवजागृती साप्ताहिकमा कार्यरत छन् ।

घटना बारे नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले अग्रमोर्चामा खटिने पत्रकारमाथि दुर्ववहार र कुटपिट हुनु निन्दनिय भएको बताउदै सञ्चारकर्मीप्रति सुरक्षा निकाय संवेदनशील बन्नुपर्ने बताएका छ्न् ।

सम्बन्धित खवर