मंगलबार कोरोना संक्रमण भएका एक व्यक्ति सिन्धुलीको कमलामाई नगरपालिका अन्तर्गत भिमानमा आफन्तकोमा बसेर काठमाडौँ गएको खुल्नमा आएको छ । कोरोना संक्रमित ती व्यक्ति काठमाडौँ जानेक्रममा भिमानमा आफन्तकोमा बसी खाना खाएर हिँडेको खुल्नमा आएको हो ।
सुनसरीको एक कोरोना संक्रमित महिलाले सिन्धुलीमा खाना खाएर काठमाडौं गएको पाईएको छ । सुनसरीका एक महिलाले काठमाडौं जानेक्रममा गएको सोमवार विहान सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बजारको एक स्थानियको घरमा खाना खाएर गएको पाइएको हो । काठमाडौंमा पुगेपछि परिक्षण गर्दा उक्त महिलामा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि उनी बसेको ठाउँ र उनको सम्पर्कमा आएकाहरुको खोजी अर्थात कन्याक ट्रेसिङ गर्दा उनले भिमानमा खाना खाएर गएको पत्ता लागको हो ।
उनले खाना खाएर गएको घरको टोललाई नै अहिले प्रशासनले शिल गरेको छ । उनले खाना खाएर गएको घरका ६ जना परिवार र उनीहरुका छिमेकी गरी १९ जनालाई होम क्वारेन्टाईनमा राखि सिल गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
‘सुनसरीका महिला काठमाडौं जानेक्रममा भिमानमा खाना खाएर र उनी काठमाडौं पुगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हामीलाई जानकारी आएको छ । उनले खाना खाएको घरका परिवार र त्यो घरका परिवारले पनि अरु छिमेकी घरका परिवारलाई छोएको, अरुको घरमा बसेको हुन सक्छ । हामीले त्यही खोजेर उनीहरुको सम्पर्कमा आएका छिमेकी सहितलाई क्वा रेन्टा ईमा राखिएको छ । त्यो टोल शि ल गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो । उनीहरुलाई अहिले सुरक्षाकर्मी सहित टोल शि ल गरेर नि गरा नीमा राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर स्वा भ संकलन गरेर कोरोना भाईरस भए नभएको परिक्षण गरिने उहाँको भनाई छ ।
सिन्धुलीवासीलाई सचेत हुन जरुरी
पछिल्लो दुई दिनमा नेपालमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ । छिमेकि जिल्लामा पनि कोरोना संक्रमणको संख्या बढिरहेको हुँदा सिन्धुलीमा सावधानि नअपनाए संकट देखिने संभावना बढेको छ । जिल्लामा बिहानको समयमा बजार क्षेत्रमा धेरै भिडभाड हुने गरेको छ । त्यसैगरि, बैंकहरुमा पनि भिडभाड देखिने गरेको छ ।
भिडभाडको नियन्त्रण गरेर आवश्यक काम गर्नुपर्नेमा सावधानि नै नअपनाएको दृश्यहरु बजारमा देख्न सकिन्छ । जिल्लामा अहिले पनि बाहिरी जिल्लाबाट खाद्यान्न, तरकारी लगायत निर्माण सामाग्री आयात गरिदैँ आएको छ । कोरोना सं क्रम णले प्रदेश नं २ अति जोखिममा रहेको प्रदेश हो ।
तर, उक्त प्रदेशबाट पनि नि र्वा ध रुपमा सवारीसाधन सिन्धुली भित्रि रहेको छ । तसर्थ, सावधानी अपनाउन ढिलाई भएमा सिन्धुलीमा पनि कोरोना संक्रमण नदेखिएला भन्न सकिन्न । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायत स्थानिय तहले ग म्भि र भएर आवश्यक कदम चाल्न जरुरी छ । संकटको समयमा उचित निर्णय लिन सम्बन्धित निकायको ध्यान जानुपर्छ ।




