काठमाण्डौँमा रहेका उदयपुरबासीले पाए राहत

काठमाण्डौँमा रहेका उदयपुरबासीले पाए राहत

काठमाडौं : न्यून आय भएका र ज्याला मजदूूरी गरी जिविकोपार्जन गर्दै आएका मजदूर तथा विद्यार्थीहरूलाई समस्या परेपछि उदयपुर–काठमाडौं सहजिकरण समितिले १०० परिवारलाई राहत वितरण गरेको छ ।

काठमाडौं उपत्यकाको मनमैजु, बालाजु टोखा, धापासी, कंलकी क्षेत्रमा डेरागरी बस्ने उदयपुरबासीलाई राहात वितरण गरिएको हो । सो क्षेत्रमा विषेशगरी उदयपुरको रौतामाई गाउँपालिकाका मजदूर वर्ग रहेको र प्राथमिकताको आधारमा पहिचान गरी राहत वितरण गरिएको समितिका संयोजक रामबहादुर थापा मगरले बताउनु भयो । मगरले हालसम्म ५०० जनालाई राहत वितरण गरिएको र अन्य प्रभावित परिवारलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिनुभयो ।

प्रत्येक परिवारलाई १२ केजी चामल तथा चिउरा, दाल र नुनको प्याकेज बनाएर वितरण गरिएको थियो । वितरण कार्यमा सक्रिय रहेका उदयपुर जिल्लाको क्षेत्र–२ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राईले सबैलाई  एकआपसमा आफूभन्दा कमजोरलाई आफूले सकेको सहयोग गर्न समेत आग्रह गर्नुभयो । “कोरोना भाइरस महामारी अहिले संसारभर तिब्र रुपमा फैलिरहेको छ । तत्काल महामारी निर्मूल हुन अवस्था छैन ।” राईले त्यसैले तपाईंहरू सचेत र सुरक्षित घरमै बस्नुहोला भन्दै नागरिकलाई सुझाव दिनुभएको छ ।

97006432_2566283133624357_748329903081914368_n
उदयपुर–काठमाडौं सहजिकरण समितिको सल्लाहकार समेत रहेका सांसद सुरेशकुमार राईले समितिले गरेको कामको प्रसंशा गर्दै राहतको  लागि  रु.१ लाख रुपैया दिनु भएको हो । समितिमा विभिन्न व्यक्तिहरुले सहयोग गर्ने कार्य जारी रहेको छ भने राहत वितरण कार्य सँगसँगै न्यून आए भएका र समस्यामा परेका तथा धेरै गुनासो आएका विभिन्न स्थानमा समेत समितिका सदस्यहरूले स्थलगत अध्ययन गरी सूची तयार गर्ने कार्य समेत भइरहेको छ ।

राहत वितरण समितिका सल्लाहकार पूर्व सांसद तथा नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, समितिका सल्लाहकार तथा प्रतिनिधिसभा सदस्य दुर्गा परियार, १ नम्बर प्रदेश सदस्य, उदयपुर क्षेत्र–२ का सह–इन्चार्ज अम्बर बहादुर रायमाझी राहत वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

यसैगरी सहजिकरण समितिका सदस्य अम्बिका थापा, सीताराम अधिकारी, भिम दर्नाल, सरोज थापा, कृष्ण सुनुवार, नारदमणि बास्तोला, विनोद खड्का, इन्दिरा पोखरेल, डिबी भूजेल, खड्ग मगर, रिता थापा, जितेन राई, विनोद राई, विचारी खड्का, माधव खपाङ्गी, धु्रर्व लायो मगर, विक्रम आले मगर, राधा खतिवडा, र अशोका राउत (कार्की) उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर