धनुषाका एक जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ।
धनुषामा मंगलबार देखिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
धनुषा र महोत्तरीमा गरी मंगलबार चार जनामा कोरोना देखिएको थियो।
उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा पुर्याइएको छ।
संक्रमित भेटिएका ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिने प्रशासनले जनाएको छ।
यसअघि पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार थिए।