कोरोना भाईरस : बेलायतमा ४० हजार बढीको मृत्यु

कोरोना भाईरस : बेलायतमा ४० हजार बढीको मृत्यु

 

कोरोनाका कारण सबैभन्दा धेरै नागरिक गुमाउने युरोपेली मुलुकमा बेलायत पहिलो नम्बरमा पुगेको छ।

कोरोनाका कारण ४० हजार बढीको मृत्यु भएपछि स्पेन र इटालीलाई उछिन्दै बेलायत पहिलो नम्बरमा पुगेको हो। मृतक संख्या बढेसँगै कोरोना भाइरसको रोगथाम र व्यवस्थापनमा प्रधानमन्त्री बोरिस जोनसनको कार्यकुशलतामाथि थप प्रश्नहरू उठ्ने देखिएको छ।

त्यहाँको राष्ट्रिय तथ्यांक कार्यलायले मे ३ सम्ममा बेलायतभर ३८ हजार २ सय ८९ जनाको मृत्यु भएको जनाएको थियो।

त्यसयता रोयटर्समा प्रकाशित समाचारका अनुसार २२ सय ५१ जना मानिसको मृत्यु भएपछि बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या मंगलबार ४० हजार नाघेको हो।

बेलायतको यो तथ्यांक बेलायती प्रधानमन्त्रीले लकडाउन खुकुलो पार्ने योजना अघि सारेको एकदिनपछि आएको छ। यसले लकडाउनको भविष्यमाथि अन्यौलता थप्ने ठानिएको छ।

पछिल्लो समय कोरोनाका सङ्क्रमित र मृतकको गणनामा थरीथरी तरिका अपनाइएकाले एकअर्को मुलुकसँग तथ्यांकको तुलना गर्न कठिन भइरहेको छ।

कोरोनाका कारण विश्वभर २ लाख ८५ हजार बढी मानिसको मृत्यु भइसकेको तथ्यांक छ।

सम्बन्धित खवर