उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथिक एशोसिएसन प्रदेश १ को सहयोगमा त्रियुगा नगरपालिका– ३ भुल्के तथा क्वारेन्टाइनमा बस्ने र अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरुलाई नोबेल कोरोना कोभिड १९ सँग लड्न सक्ने अर्थात रोग प्रतिरक्षा प्रणाली बढाउने ‘एसएनिकम एल्बम ३० सी’ नामक होमियोप्याथिक औषधी बितरण गरिएको छ ।
सामाजिक बिकास मन्त्रालयका चिकित्सक महाशाखाका डा। सरोज बिशालले देशकै उच्च जोखिम भएको स्थान भएकाले हामीले पहिलो चरणमा भुल्केबाट नै निःशुल्क औषधी बितरणको लागि शिविर राख्न खोजिएको बताए ।
चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसनका केन्द्रिय अध्यक्ष कमल सुबेदीका अनुसार रोगले भन्दा बढी हामी अहिले डरले मर्न लागिएको छ ।
कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उप प्रमुख देवीकुमारी चौधरी नागरिक समाज, गैसस र पत्रकारहरुसँग अन्तरक्रियागरि मन्त्रालयबाट आएका आधा दर्जन बढी चिकित्सकहरुले औषधी त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेको थियो ।
टोलीले त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जनालाई समेत औषधी हस्तान्तरण गरिएको थियो भने भुल्केका सम्पूर्ण ब्यक्तिलाई तिन दिन सम्म खान पुग्ने औषधी दिएको थियो ।