सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु

सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु

 

सिन्धुली,३० बैशाख – सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसन्तपुर बस्ने अन्दाजी ५० / ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।

मंगलबार सिन्धुली कमलामाई नगरपालिका वडा न ८ डुमरिया स्थित बि.पी. राजमार्ग सडक खण्डमा काठमाडौँबाट झापा तर्फ जादै गरेको मे १ ज १५४३ नं को बोलेरो गाडीले सडकमा पैदल हिँडिरहेको समयमो ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनु भएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर