लकडाउनको मौका छोपी लागुऔषध कारोबार गर्ने एक युवक पक्राउ

लकडाउनको मौका छोपी लागुऔषध कारोबार गर्ने एक युवक पक्राउ

नडाहा : लकडाउनक मौका छोपेर लागुऔषध कारोबार गर्ने एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको गस्ती टोलीले मोटरसाइकल सहित पक्राउ गरेको छ । लकडाउनको समयमा सरकारले सवारी साधन सञ्चालनमा कडाई गरेपनि लागुऔषध ओसार पसार गर्ने आपराधिककार्य भने रोकिएको छैन ।

सशस्त्र प्रहरीको गस्ति टोली मंगलवार विहान ४ बजे जरुरी काममा दौडिएको जस्तो देखीनेगरी हुइँकिएको मोटरसाइकल बाट भारी मात्रा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी चतरा पोस्टका निरीक्षक अशोक न्यौपानेको गस्ती टोलिले बराहक्षेत्र वडा नम्बर ८ रामधुनी जंगल जाने बाटोमा स १० प ४६९२ नम्बरको अपाचै मोटरसाइकलबाट लागुऔषध बरामद गरेको हो ।

सशस्त्र निरीक्षक न्यौपानेका अनुसार बरामद लागुऔषधमा डाइलाइस डीसी १ ,एमएम ६० बोटल, स्पास्मो प्रोक्सीवन (एसपी) ६० पत्ता, लिगफीक इञ्जेक्सन १५० सिसि, डाइजेलेब इञ्जेक्सन १८० सिसि, प्रोमेथाजिन हाइड्रोक्लोराइड इञ्जेक्सन आइपी १५० सिसि, फेन्सिडिल न्यु १०० एमएमको २ बोतल छन् । लागुऔषध राखिएको व्यागमा मोबाइल, घडी र नेपाली ११ हजार ८ सय १० रुपया फेला परेको छ ।

गस्ति टोलीले मोटरसाइकल रोक्दा चालकले मोसाइकल र झोला छाडेर भाग्ने प्रयास गरेको अवस्थामा कोशी गाउँपालिका वडा १ का रोशन झाँलाई पक्राउ गरेको हो । निरीक्षक न्यौपानेका अनुसार झाँले झोला फालेर भाग्न खोजेका थिए । उनलाई पक्राउ गरेर झोला खोजतलास गर्दा झोलामा उक्त परिमाणको लागु औषध फेला परेको हो ।

पक्राउ गरिएका झाँ र बरामद लागु औषध इलाका प्रहरीलाई खबर गरि प्रहरी निरीक्षक शरण दाहालको टोलिलाई बुझाएको न्यौपानेले बताए ।

सम्बन्धित खवर