कोरोना भाईरस : युएईमा दुई नेपालीको मृत्यु

कोरोना भाईरस : युएईमा दुई नेपालीको मृत्यु

युएई । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अबुधावीमा रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका एक ३९ वर्षीय व्यक्ति र नेपालको ठेगाना नखुलेका अलऐनका अर्का एकजनाको मृत्यु भएको हो ।

अर्घाखाँचीका युवा कोरोना संक्रमण भएपछि अबुधावीस्थित बु्रजेल अस्पतालमा उपचारका क्रममा थिए । उनको मंगलबार उपचारकै क्रममा मृत्यु भएको छ । अलऐन अस्पतालमा अर्का नेपालको ठेगाना नखुलेका युवकको पनि मंगलबार मृत्यु भएको छ ।

अघिल्लो हप्तामात्रै युएईमै अर्घाखाँचीका अर्का एक युवकको पनि मृत्यु भएको थियो । युएईमा रहेको नेपाली दूतावासले एकिन विवरण दिन सकेको छैन ।

सम्बन्धित खवर