दुर्घटनामा ज्यान गुमाएका टुकबहादुरको शव एक महिनादेखि युएईमै : दाहसंस्कारको पखाईमा परिवार

दुर्घटनामा ज्यान गुमाएका टुकबहादुरको शव एक महिनादेखि युएईमै : दाहसंस्कारको पखाईमा  परिवार

उदयपुर : उदयपुरको एक परिवार एकमहिनादेखि शोकमा डुबेका छन् । कोरोना संक्रमणका बेला युएईको आबुधाबीमा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यको शव ल्याउन सक्ने अवस्था नभएपछी महिना दिनदेखि परिवारले रुदै दिन काटिरहेको छ ।

उदयपुरको कटारी नग।पालिका वडा नम्ब। २ खोक्साका ४० वर्षिय टुकबहादुर बुढाथोकीको गत चैत्र २३ सडक दुर्घटनामा परी ज्यान गएको थियो । यतिबेला बुढाथोकी परिवार लकडाउन खुल्ला र शव ल्याएर दाहसंस्कार गरौंला भन्ने पर्खाइमा छ ।

एकमहिनादेखि श्रीमानको शव विदेशमा अलपत्र परेपछी श्रीमति पुष्पा कुमारी खड्काको अवस्था दयनिय बनेको छ । एकोहोरो हुने, एक्लै रुने र वस्ने गरेकी छिन् । श्रीमानको दुर्घटनामा मृत्यु भएपनि शव ल्याउन र अन्यत्र आउजाउ गर्न समस्या भएपछी पुष्पाको अवस्था समेत दयनिय बन्दै गएको हो । संञ्चारकर्मीहरु रिपोर्टिङ्गका उनको घर पुग्दा एक्कासी भक्कानो फुटेर आँशु खसाएकी थिईन् ।

कृषी मजदुरका रुपमा २०७५ असारमा वैदेशिक रोजगारीमा गएका बुढाथोकीको दुर्घटनामा ज्यान गएपछि कोरोना संक्रमणका कारण उनको शव ल्याउन सक्ने अवस्था नभएपछी रुदै दिन विताउनुको विकल्प नरहेको मृतकका दाजु कृष्णबहादुर बुढाथोकीले बताए ।

अहिले शव ल्याउन सक्ने अवस्था नभएको समयमा बुढाथोकीलाई पठाउने अञ्जली ओभरसिजले भने आबुधाबीमै दाहसंस्कार गर्ने भन्दै मञ्जरी हुन परिवारलाई दबाब दिईरहेको छ । परिवारले भने अन्तिमपटक शब हेरेर आफ्नै संस्कार अनुसार घरमै दाहसंस्कार गर्ने बताईरहेका छन् ।

मृतक छोराको शव हेर्ने अन्तिम ईच्छा सहित एकमहिनादेखि ६५ वर्षिय आमा तोपकुमारी बुढाथोकीले रोएरै दिन विताईरहेकी छिन् । प्रालिले बताए अनुसारको पारिश्रमिक नपाई कृषी मजदुरमा काम लगाएको उनको श्रीमति पुष्पा कुमारी खड्काले बताईन् ।

भनेजस्तो कमाई नभएपछी असारमा आउने बताएको बताउँदै श्रीमतिले दुर्घटनाभन्दा आधाघण्टा अघि मात्र कुरा भएको बताईन् । वैदेशिक रोजगारीमा श्रीमान वितेपछी परिवारलाई नै आर्थिक संकट थपिएको छ । २ कट्ठा मात्रै ऐलानी जग्गा भएको बुढाथोकी परिवारलाई गुजारा गर्न समेत संकट परेको हो ।

वैदेशिक रोजगारीमा गएका उनकै भरमा बुढाथोकी परिवारले गुजारा गर्दै आएको थियो ।शव ल्याउन कुनै निकायले पहल पनि नगरेको र लकडाउनका कारण आफुले पनि घरबाहिर निस्किने र पहल गर्ने वातावरण नभएको बुढाथोकी परिवारले बताएका छन् ।

सम्बन्धित खवर