धरपकडको विरोधमा नेविसंघ कास्कीद्वारा जिप्रकामा ज्ञापन पत्र

धरपकडको विरोधमा नेविसंघ कास्कीद्वारा जिप्रकामा ज्ञापन पत्र

पोखरा : नेवि संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली भुमिमा भारतले सडक बनाएको बिरोधमा नेविसंघले हिजो गरेको प्रदर्शनका क्रममा सरकारले गरेको धरपकडको विरोधमा नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापा, सचिव संघर्ष कोइराला निवर्तमान केन्द्रीय सदस्य हेमन्त पाण्डे,कास्की नेवि संघका नेता निरोज लामिछाने, टेनिस श्रेष्ठ, सुसान त्रिपाठी , बिपिन पौडेल लगाएका नेता हरु रहेको उपस्तिथि रहेको उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल लाई ज्ञापन पत्र बुझाएको थिए ।

नेविसंघ केन्द्रिय समितिले सबै जिल्लाहरुलाई दिएको निर्देशन अनुसार आज देशै भरिका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघका नेताहरुले बताए ।

‘नेविसंघ केन्द्रिय कार्यक्रम अन्तरगत भारतीय विस्तारवाद र नेपाल सरकारको लम्पसारवादको विरुद्धमा नेपाल विद्यार्थी संघ कास्कीले पनि ज्ञापन पत्र बुझाएको छ ।’ नेविसंघ कास्की जिल्ला निवर्तमान सचिव संघर्ष कोइरालाले भने ।

सम्बन्धित खवर