पोखरामा राहत बाँड्दै पूर्व युवराज पारश शाह

पोखरामा राहत बाँड्दै पूर्व युवराज पारश शाह

पाेखरा : पूर्व युवराज पारश शाहले आज पोखरा १८ पामेका जलारी समुदायमा राहत वितरण गर्नु भएको छ । करिब ४५ परिवारलाई पूर्व युवराजले आफ्नै खर्चमा राहत वितरण गर्नु भएको हो ।

कोरोनाको कहर र लकडाउनको यो समयमा जलारी परिवारलाई खाद्यान्नको अभाव भएको खबर पुगेसँगै उनीहरुलाई राहत बितरण गरिएको जनाइएको छ ।

लकडाउनले गर्दा जाल हान्न नपाएको र माछा मार्ने काम पनि रोकिएको कारण उनीहरुलाई खाद्यान्नको अभाव हुँदै आएको थियो ।

लकडाउन भएको करिब ५० दिन पुग्नै लाग्दा अति बिपन्न परिवारलाई पूर्व युुवराजको राहत बितरणले ठूलो सहयोग पुगेको जलारी समुदायले बताएका छन ।

पूर्व युवराज पारश शाहले सो समुदायकी ८४ बर्षीय ज्येष्ठ नागरिक रत्नमाया जलारीलाई राहत हस्तान्तरण गरेर राहत बितरण शुरु गर्नु भएको थियो । राहत बितरण कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्ग तथा असहायहरुलाई प्राथमिकताका साथ हस्तान्तरण गरिएको थियो ।

संकटको या घडीमा नेपाली जनताको घरको चुलोसंग आफुहरुको सद्भाव तथा माया रहने र कोही पनि नेपाली भोकको शोकमा बस्नु नपरोस भन्ने हेतुले राहत वितरण गरिएको पारश शाहको चाहना रहेको उनका सहयोगीहरुले बताएका छन ।

पूर्व युवराजले दिएको राहत लिँदै जलारी बृद्ध बृद्धाहरुले पारश शाहको दीर्घायुको कामना गरेका थिए । उनीहरुले पूर्व युवराजको यो मायाले आफुहरुलाई साँच्चै देशमा राजसंस्थाको आवश्यकता महशुस भएको बिचार पनि ब्यक्त गरे ।

पूर्व युवराजले आजबाट राहत बितरण गर्न शुरु गरेको उनका सहयोगीले जनाएका छन । उनका सहयोगीका अनुसार जनतालाई राहत चाहिने समय अब शुरु भएको र आजबाट खाद्यान्नको अभाव भएका नेपाली नागरिकलाई खाद्यान्न उपलब्ध गराउने कार्य गरिने बताएका छन ।

सम्बन्धित खवर