लायन्सद्वारा १४५ प्रिन्ट रगत संकलन

लायन्सद्वारा १४५ प्रिन्ट रगत संकलन

पथरी, लायन्स क्लव अफ पथरीले सोमबार १४५ प्रिन्ट रगत संकलन गरेको छ । मोरङको पथरी शनिचरेमा रहेको लायन्स क्लव अफ पथरी र योङहार्टको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १४५ प्रिन्ट रगत संकलन भएको लायन खगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

कोरोना भइरसका कारण भइरहेको रगतको अभावलाई सहज बनाउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लव अफ पथरीका अध्यक्ष रोशन बुढाथोकीले जानकारी दिनुभयो ।

पथरी शनिश्चरे–५, भोटेघुम्तीमा रहेको रामजानकी मन्दिर र पथरी शनिश्चरे–९ को शनिश्चरे बजार गरी २ ठाउँमा एकै पटक कार्यक्रमको आयोजना गरिएको हो । भोटेघुम्तीमा ८८ जना र शनिश्चरेमा ५७ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनौलो विहानी युवा क्लव हसन्दह, पथरी बहुमुखी क्याम्पस, भोटेघुम्ती कृषि सहकारी संस्था लि., कुटो कोदाली कृषि सहकारी संस्था लि., सुनदह बचत तथा ऋण सहकारी संस्था लि. र फुङ्नाम चेस क्लव सह–आयोजकको रुपमा रहेका थिए ।

रक्तदान कार्यक्रमको शनिश्चरे केन्द्रमा नगर प्रमुख दिलिप कुमार राई, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य पनि सहभागी रहनुभएको लायन्स क्लव अफ पथरी योङहार्टका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित खवर