सप्तरीमा थपिए १ काेराेना संक्रमित, नेपालमा संक्रमितको संख्या १ सय २१ पुग्याे

सप्तरीमा थपिए १ काेराेना संक्रमित, नेपालमा संक्रमितको संख्या १ सय २१ पुग्याे

पाेखरा : सप्तरीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले थप १ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको बताए ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । उनी हाल स्वास्थ्यकर्मीको सम्पर्कमै छन् ।

कपिलवस्तुमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर