सराङकोटका राजु फेवातालमा मृत भेटिए

सराङकोटका राजु फेवातालमा मृत भेटिए

कास्की : फेवातालमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ । पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादब ढकालले जानकारी दिए ।

स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले सबै प्रक्रिया पुर्याएर उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

यसअघि गएको शुक्रबार तालमा डुबेर एक युवकको मृत्यु भएको थियो । उनको हालसम्म पहिचान खुल्न नसकेको डिएसपी ढकालले बताए ।

सम्बन्धित खवर