किरण न्यौपाने, रंगेली
लकडाउनका कारण काठमान्डौमा बिचल्लीमा परेका मजदुर सहित ९६ जनालाई सुनवर्षी नगरपालिकाले उद्दार गर्दा प्रशासनले रोकेको छ । सुनवर्षी नगरपालिकाले ३ वटा बस रिर्जभ गरेर ल्याउदै गर्दा प्रशासनले आधा बाटो बाटै बस फर्काएको हो ।
मजदुरहरु घर फर्कदा प्रशासनले रोकेर थप बिचल्ली र समस्यामा परेपछी संसाद डा. मिनेन्द्र रिजालले ६६ जनालाई खाधान्न राहत उपलब्ध गराएका छन् । डा. रिजालको सचिवालयका सहयोगी जितेन्द्र ठकुरी र सुनिल भण्डारीले मजदुर बसेका इट्टा भट्टामै पुगेर लकडाउन अवधिभर पुग्ने गरी चालम, दाल, तेल र नुन लगायत खाधान्न उपलब्ध गराएका हुन् । सुनवर्षी नगरपालिकाले भक्तपुरको हनुमान, जयमाता दि र छुम्मा इट्टा उद्योगमा काम गर्नै ६६ जना मजुदर सहित समस्यामा परेकाहरुलाई बस रिर्जभ गरेर ल्याउदै गर्दा सिन्धुलीबाट फर्काएको थियो । सांसद डा. रिजालले आफनो क्षेत्र सुनवर्षी ६ चैताका मजदुरहरु समस्यामा परेको सूचना पाउन साथ प्रशासनले उनिहरुलाई फर्काएर राखेको स्थानमै सहयोग उपलब्ध गराएको बताउदै लकडाउन अवधिभर उनिहरुलाई सहयोग गर्ने बताए । प्रशासनले बस फर्काएपछी सुनवर्षी नगरपालिकाका मेयर कालि प्रसाद दासले संघिय सरकारले राजधानी क्षेत्रमा बसेका भोका मजदुर र नागरिकहरुलाई खान दिनु पर्ने या त आफ्ना नागरिकलाई घर फर्काउनु दिर्नु पर्ने भन्दै आक्रोश पोखेका छन् ।
हामीले यसअघि फर्काएर ल्याएका जनताहरुको स्वास्थ्य परीक्षण सहित नियमित निगरानी गरेर राखेका छौ, जनताको स्थानिय तह संग प्रत्यक्ष आशा र सम्बन्ध हुन्छ, तर संघिय सरकारले हामीले राम्रो काम गरेको बुझन नसकेको बताउदै बिचल्लीमा परेका आफना नागरिकलाई सांसद रिजालले काठमान्डौमा राहत उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो । यस अघि सुनवर्षी नगरपालिकाले लकडाउनले समस्यामा परेका ७७ जना आफना नागरिकलाई काठमान्डौबाट घर फर्काएको थियो ।