जुनारमा औंसा पार्ने झिंगा लाग्न थालेपछि नियन्त्रणका लागि अनुगमन

जुनारमा औंसा पार्ने झिंगा लाग्न थालेपछि नियन्त्रणका लागि अनुगमन

सिन्धुली,२७ बैशाख – सिन्धुली जिल्लाको जुनार पकेट क्षेत्रमा जुनारको फलमा औंसा पार्ने झिंगा नियन्त्रणका लागि नयाँ अध्ययन सुरु गरिएको छ ।

पछिल्लो समयमा जुनारको फलमा औंसा किराको प्रकोप बढ्दै गएपछि जुनारको आकार कत्रो हुदा फलमा कुन समयमा फुल पार्छ भन्ने बिषयमा अध्ययन सुरु गरिएको जुनार सुपर जोनले जनाएको छ ।

जोनका अनुसार सो अध्ययनका लागि गोलन्जोर गाँउपालिका –५ खनियाँखर्कको बगैचाका फल लागेका हागाँहरुलाई झुलले ढाकेर बैशाख तेस्रो हप्तादेखि साउनको दोस्रो हप्तासम्म राख्न सुरु गरिएको छ । जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीले जुनारको फल ढाकिएको झुल वा जालीलाई निश्चित समय १५/ १५ दिन खुल्ला राख्ने र फेरि बन्द गरी उ’पचार गर्ने तय गरिएको बताउनुभयो ।

यसको नतिजाले आगामी बर्ष झिंगाले फुल पार्ने समयको थाहा भई किरा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिने ठम्याई उहाँको छ । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन बेट नामक बिषादी छर्किएर किरा ब्यवस्थापन समेत हुदै आएको उहाँले बताउनुभयो । यसपालि गत वर्षभन्दा कम तापक्रम भएकाले जुनार फलको आकार भर्खर केराउ दानादेखि गुच्चा आकारको मात्र भएको किसानले बताएका छन् ।

जुनार सुपर जोनका प्राविधिक जहानबहादुर कार्कीले व्याक्टेशेरा मिनाक्स नामक ढाडे झिंगाले जुनारको फल भित्र फुल पार्ने र गुलियोपन बढ्दै गएपछि औंसा भएर लार्भा बनि जुनारलाइ खोक्रो बनाउने गरेको पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जुनारको फल कु’हाउने औसा पार्ने किराको पोथी झिंगालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर म’र्ने भएकाले उक्त विषादी पनि प्रयोग हुदै आएको छ ।

सिन्धुली जिल्लामा गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको थियो । यो बर्ष पनि भर्खर चिचिला लागेको बेलामा असिना पानी र हावा हुरीले क्षती पुर्‍याउदा जुनार उत्पादन भने झण्डै ४० प्रतिशत कमि आउने किसानले अनुमान लगाएका छन् ।

सम्बन्धित खवर