जातिय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस

जातिय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस

कास्की : नेपाली काँग्रेस कास्कीले जातिय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा–१६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातिय सद्भावमा आँच आउने गरी कुनैपनि गतिविधि नगर्न अनुरोध कांग्रेसले आग्रह गरेको छ ।

विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझदारी बढ्नु दुःखद विषय भएको भन्दै संयमता अपनाउन आग्रह गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तीमा घटनाको विषयमा मुद्वा दर्ता भएकाले कानूनी रुपमा निरुपण हुने भन्दै सबै व्यक्ति र समुदायलाई सम्वेदनशील बन्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा घटनाबारे चासो र दोषीमाथि कारबाहीको माग लिएर प्रहरीसमक्ष पुगेका पत्रकार र अभियन्तालाई निर्मम लाठीचार्ज गरिएकोमा खेद प्रकट गर्दै आगामी दिनमा संयमित बन्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ ।

सम्बन्धित खवर