कास्कीमा ६ लाख केजी चामल वितरण

कास्कीमा ६ लाख केजी चामल वितरण

कास्की : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित यहाँका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले यही वैशाख २६ गतेसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत सो सङ्ख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ ।
महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ ।

त्यसैगरी माछापुच्छ«े गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रुपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको सङ्ख्या ५०० रहेको बताइन्छ । सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन ।

राहतस्वरुप जिल्लामा ६ लाख १३६ केजी चामल, ४५ हजार ८९५ केजी दाल, ३४ हजार १४५ केजी नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ केजी चिनी र २० हजार ८७२ केजी केराउ वितरण गरिएको सिसिएमसीले जनाएको छ ।

पिसिआर परीक्षण जारी

जिल्लामा हालसम्म पिसिआर विधिबाट २२४ जनाको कोरोना जाँच गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।

वैशाख २६ गतेसम्म सङ्कलन गरिएको नमूनाको नतिजा आइसकेको हो । महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा गत चैत २८ गतेबाट ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षण शुरु गरिएकामा हालसम्म एक हजार ७४ जनाको जाँच गरिएको छ ।

पोखरामा ७२३, माछापुच्छ«ेमा १०, रुपामा ५८, अन्नपूर्णमा दुई र मादीमा १७ जनाको आरडिटी जाँच गरिएको हो । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २६४ जनाको जाँच गरिएको थियो ।

नेपाल बाहिरबाट आई जिल्लाका स्थानीय तहमा बसोबास गर्दै आएका ९१४ देखि २१ दिनभित्र बसाइँ अवस्था रहेका० को आरडिटी जाँच गरिएको हो ।

जिल्लामा २६६ क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । पोखरामा १४८, रुपामा ३५, अन्नपूर्ण ६०, मादी १० र माछापुच्छ«ेमा १३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो । हाल पोखरा महानगरपालिकाले बनाएको क्वारेन्टाइनमा तीन महिला र सात पुरुष गरी १० जना बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको संयोजकत्वमा शुक्रबार बसेको जिल्लास्तरीय सिसिएमसीको बैठकले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, व्यवस्थापन र राहत वितरणका लागि भए गरेका कामको समीक्षा गरेको थियो ।

अहिलेसम्म जारी भएका आदेश तथा निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको र प्राप्त निर्देशनको जिल्लामा कडाइका साथ पालना गराउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर