काठमाडौँमा रहेका नगरबासीका लागि त्रियुगा नगरपालिकाले पठायो राहत

काठमाडौँमा रहेका नगरबासीका लागि त्रियुगा नगरपालिकाले पठायो राहत

उदयपुर । काठमाडौं उपत्यकामा रहेका दुई सय ज्यालादारी मजदुरी गर्ने अतिविपन्न वर्गका लागि राहत पठाएको छ । लकडाउन भएपछि काठमडौंमा ज्यालादारी गर्ने अतिविपन्न परिवार घर आउन नपाएपछि नगर क्षेत्रमा बसोबास गर्नेहरुको लागि शनिबार राहत पठाईएको हो ।

 काठमाडौंमा रहेका त्रियुगा नगर समन्वय समितिमार्फत ज्यालादारी अतिविपन्न दुई सय जनालाई राहत वितरण गर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । चामल, दाल, नून, तेल लगायतका सामग्री पठाईएको जानकारी दिए ।

अतिविपन्न लकडाउनमा फसेपछि ल्याउनु भन्दा राहत नै पठाएको उपमेयर देवी कुमारी चौधरीले बताईन् । उनका अनुसार उनीहरुलाई भाडा गरेर ल्याउँ फेरी क्वारेन्टाइनमा राखौं झन्झट हुने भएपछि उतै राहत सामग्री पठाएको बताईन् । उनका अनुसार राहत सामग्रीको लागि काठमाडौंबाट लिष्ट नै आएकोले सोही अनुसार पठाएको र पारदर्शी तबरले वितरण हुने बताईन् ।

सम्बन्धित खवर