झापा : ट्रकको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का ३१ वर्षीय रनबहादुर लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्प नजिकै शुक्रवार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८६ प ९७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रण लिए पनि ट्रक चालक फरार रहेको जनाइएको छ।