लगातारको वर्षा : पानीको पर्खाइमा बसेका कुषकहरु खुसी

लगातारको वर्षा : पानीको पर्खाइमा बसेका कुषकहरु खुसी

सिन्धुली,२७ बैशाख – यस बर्ष बैशाखको अन्त्यमा पनि नियमित बर्षा भएपछि सिन्धुलीको महाभारत तथा गढतिर क्षेत्रका किसान खुसी भएका छन् । विगत बर्षहरुमा पानी नपरेर खडेरी लाग्ने समयमा पनि यस बर्ष करिव एक हप्ता सम्म निरन्तर वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका फिक्कल, गोलन्जोर र सुनकोशी गाउँपालिकाका किसानहरु खुसी भएका हुन् ।

आफुले लगाएको बालीनालीमा पानी आवश्यक भएको बेलामै पानी पर्दा किसान खुसी भएका हुन् । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार आकाशे पानीको भरमा खेती गर्दै आएका गाउपालिकाका किसान यो बर्ष प्रसस्त पानी परेपछि खुसी भएका छन् । फिक्कल गाउपालिकामा अहिले मकै, हिउँदे धान लगाएतका बालीनाली लगाइएको छ ।

आफुले लगाएको मकै बालीलाई पर्याप्त पुग्ने गरी पानी परेपछि फिक्कल गाउपालिका ३ निगुरेका सन्त बहादुर सार्की खुसी हुनुभएको छ । हिउदे धान रोप्ने किसान खुसी भएका गाउपालिका उपाध्यक्ष सुनुवारले बताउनुभयो । हिजो दिउसो आएको हावाहुरीले सिन्धुलीका अन्य स्थानिय तहहरुमा क्षति गरेपनि फिक्कल गाउँपालिकामा भने खासै क्षति नगरेको उपाध्यक्ष सुनुवारको भनाई छ ।

हावाहुरीले केही आप,फलफुलमा सामान्य क्षति गरेपनि मकै लगाएतका अन्नबालीको विरुवा सानै भएकाले क्षति नभएको उपाध्यक्ष सुनुवारले बताउनुभयो । फिक्कल गाउपालिकामा २०७२ सालको भुकम्पछि हिउदमा लामो समय सम्म खडेरी पर्दा पानीको मुहान समेत सुकेर खानेपानीको अभाव हुदै आएको थियो । तर यस बर्ष बैशाख अन्तिम सम्म पनि बर्षा भएपछि पानीका मुहानहरु सुक्न पाएका छैनन् ।

सम्बन्धित खवर