विराटनगर । नेपालमा थप ३ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०५ जना पुगेको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणका क्रममा तीन जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । सङक्रमित हुनेमा उदयपुरकी ४५, ६० र १८ बर्षीया महिला रहेकी कोशी अस्पतालकी मेसु सङ्गीता मिश्राले बताउनुभएको छ । उहाँले आवश्यक प्रक्रिया पुर्याएर सङक्रमितलाई उपचारका लागी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याउने तयारी भईरहेको जानकारी दिनुभएको छ ।